Logo
Logo

एकान्तकुनामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु


2.6k
Shares

काठमाडौं । ललितपुरको एकान्तकुनामा टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ घर भएका २३ वर्षीय ठगेन्द्र राईको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार १ जना घाइते भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्