Logo
Logo

चलचित्र विकास बोर्डका अध्यक्ष केसीले गरे पदभार ग्रहण


819
Shares

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् ।

उनले आज बिहान काठमाडौंको कपनस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्