Logo
Logo

पृथ्वी स्मारक पार्क संरक्षणमा सेनाको अग्रसरता


441
Shares

नुवाकोट । नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देविघाटस्थित पृथ्वीनारायण शाहको देहावसान भएको स्थान संरक्षणमा अग्रसरता लिएको छ ।

सेनाको जबरजंग गणले पृथ्वी स्मारक पार्कभित्र विभिन्न पूर्वाधार बनाएको छ । २२ लाख ४७ हजार लागतमा निर्माण गरिएको गणपति प्रमुख सेनानी अरुण कार्कीले जानकारी दिए । नेपाली सेनाको शिर्घ प्रभावी योजना (क्यूआइपी) अन्तर्गत पृथ्वीनारायण शाहको स्मारक परिसरमा ३ कोठे शौचालय निर्माण भएको छ ।

मध्य कमाण्ड हेडक्वाटरबाट विनियोजित बजेट र जबरजंगको आयोजना व्यवस्थापनमा अपाङ्गमैत्री शौचालय बनाएको हो । स्मारक पार्क वरिपरि २ सय ५ मिटर लामो पर्खाल लगाईएको छ ।

पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमा २ सय ४० फिटको स्टिल रेलिङ्ग, आन्तरिक तथा वाह्य पर्यटकका लागी ३ वटा फलामे फलैचा समेत निर्माण गरिएको मध्य कमान्ड हेडक्वार्टरका उपरथी बाबुराम श्रेष्ठले बताए । यी संरचना सेनाले पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोविन्द चित्रकार लाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाले नागरिक–सैनिक सम्बन्ध सुदृढ गर्नका लागि विभिन्न क्षेत्रमा आवश्यकता अनुरुपका कार्य गर्दै आईरहेको छ । क्यूआइपीअन्तर्गत विशेषत दुर्गम पिछडिएका इलाका साथै महत्वपूर्ण स्थानमा काम गर्दै आईरहेको छ ।

मठ–मन्दिर संरक्षण, ऐतिहासिक स्थलको संरक्षण, विश्राम स्थल तथा चौतारो मर्मत, स्कुल भवन, पुस्तकालय तथा अध्यान केन्द्र व्यवस्थापन, पिउने पानी व्यवस्थापन, शौचालय निमार्ण तथा मर्मत कार्यसमेत गरिरहेको कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्