Logo
Logo

संवैधानिक नियुक्तिविरुद्धका रिटमाथिको सुनुवाइ स्थगित


3.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेका पदाधिकारी विरुद्धका रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

रिटमा विपक्षी बनाइएकाका कानुन व्यवसायीको ‘अब्जेक्सन’पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार हुने भनिएको सुनुवाइ स्थगित गरेको हो ।

ओली नेतृत्वको सरकारको पालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्ध बुधबारको संवैधानिक इजलासमा एकल सुनुवाइ हुने गरी पेसी तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्