Logo
Logo

टीभी बहस चलाउँदा-चलाउँदै प्रस्तोता बेहोस


1.5k
Shares

एजेन्सी । बेलायती प्रधानमन्त्रीको दौडमा रहेका ऋषि सुनक र लिज ट्रसबीच भइरहेको टेलिभिजन बहस कार्यक्रमका क्रममा प्रस्तोता एक्कासि बेहोस भएर ढलेका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ । हाल उनको अवस्था सामान्य छ ।

डाक्टरहरूले उनलाई आराम गर्न सुझाएका छन् । प्रस्तोता नै ढलेपछि केहीबेर कार्यक्रम रोकिएकाे थियाे । पछि अर्का प्रस्तोता आएर कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

प्रधानमन्त्री बोरिस जोन्सनको ठाउँ लिन ऋषि सुनक र लिज ट्रसबीच प्रतिस्पर्धा छ । उनीहरू मंगलबार एक टीभी च्यानलमा बहस गरिरहेका थिए । क्यामेरा ट्रसमा थियो । यसैबीच आवाज आयो- ओ माई गड !

अनि एंकर केट मेक्केन बेहोस भएर ढले । उनी ढलेपछि त्यहाँ हडकम्पको स्थिति बन्यो । लगत्तै उनलाई उपचारका लागि पठाइयो । रोकिएको कार्यक्रम अर्का होस्ट इयान कलिन्सले अगाडि बढाए । यो सेसनमा भएको बहसमा दर्शकसित सवालजवाफ गराइएको थियो ।

घटनाको करिब ४५ मिनेटपछि ऋषि सुनकले मेक्केनलाई मेन्सन गर्दै ट्वीट गरे, ‘राम्रो खबर पाइयो, तपाईं पहिलाभन्दा ठीक हुनुहुन्छ । त्यो निकै राम्रो बहस थियो । तपाईं फेरि चाँडै बहसमा आउनुहुन्छ म आसा गर्छु ।’

प्रतिक्रिया दिनुहोस्