एजेन्सी । अमेरिकामा मूल्य वृद्धि ४० वर्षयताकै उच्च भएको छ ।
महँगी नियन्त्रण गर्न केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गर्ने घोषणा गरेको छ । बैंकले लगातार दोस्रो पटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो ।
केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २.२५ बाट २.५ प्रतिशत पुर्याइएको बताइएको छ । बैंकले अर्थतन्त्रमा मागको स्तर र मूल्य घटाउन मार्चदेखि ऋणको लागत बढाउँदै आएको छ ।
धेरैले यस हप्ताको आधिकारिक तथ्याङ्कले लगातार दोस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र कमजोर भएको देखाउने अपेक्षा गरेका छन् । हालै एक पत्रकार सम्मेलनमा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अर्थतन्त्रको केही भाग सुस्त भएको स्वीकार गरे ।
तर मुद्रास्फीतिलाई नियन्त्रण गर्न बैंकले जोखिमका बाबजुद आगामी महिनामा ब्याजदर बढाउने बताए । अमेरिकामा मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ ।