Logo
Logo

फोहोर दिएबापत जनतालाई पैसा तिर्ने याेजना ल्याउँछाैं : मन्त्री चौधरी


945
Shares

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत जनतालाई पैसा तिर्नेगरि काम थाल्न लागेको बताएका छन् ।

मन्त्रालय सम्हालेको महिना दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एक महिने उपलब्धि र आगामी योजना सार्वजनिक गरेका छन् । फोहर बापत जनताले मासिक पैसा तिर्नुपरेकामा फोहर दिएबापत जनतालाई उल्टै पैसा दिनुपर्ने गरि काम थाल्न निर्देशन दिएको बताए ।

मलुक बनाउने जिम्मा हामी सबैको हो भन्दै मन्त्री चौधरीले बन्चरे डाँडामा फोहोर फाल्न दैनिक करिब २५० ट्रक कुद्ने, फोहोर फाल्न जाँदा बाटोमै खसाल्ने कुरा, सिसडोल र बन्चरे डाँडाका जनतालाई हेयका दृष्टिले हेर्ने कुरालाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

स्थानीयबासीसँग १७ वर्षमा १७४ पटक सम्झौता भएको तर अहिलेसम्म टुङ्गो नलागेकाले अब नयाँ ढंगले फोहोर व्यवस्थापन हुने उनले बताए । फोहोरबाट मल, ग्याँस र बिजुली निकाल्नेगरि काम सुरु गर्ने मन्त्री चौधरीको भनाई थियो । मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकामा असारमा मात्र २६.२८ प्रतिशत वित्तिय प्रगति हासिल भएको सहरी मन्त्री चौधरीको भनाइ थियो ।

विद्यमान राष्ट्रिय सहरी नीति, २०६४ लाई परिमार्जन गरी राष्ट्रिय सहरी नीति २०७९ मन्त्रीपरिषदमा पेश भएको, जनकपुर उपमहानगरमा अस्तव्यस्त रहेको बसपार्कलाई व्यवस्थित गर्न २० करोड लागतमा आधुनिक बसपार्कको शिलान्यास भएको, पोखरामा १ अर्ब र तिलोत्तमा नगरपालिकामा ७८ करोड लागतमा सडक निर्माण कार्यको सम्झौता भएको उनले उल्लेख गरे ।

सैगरी उर्लाबारीमा करिब ५१ करोड र बिर्तामोडमा करिब ७६ करोड लागतमा सडक निर्माण कार्यको लागि बोलपत्र आव्हान गरेको, सहरी विकासमा सुझाव संकलन गर्न स्कुले विद्यार्थी देखि इन्जिनियरिङ कलेजसम्मका विद्यार्थीसँग छलफल सम्पन्न गरेको, ठुला र विशेष आयोजनामा अनुगमन र समयमै काम सम्पन्न गर्न निर्देशन दिएको समेत मन्त्री चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्