Logo
Logo

छुट्टाछुट्टै सडक दुर्घटनामा परि दुइ जनाको मृत्यु


504
Shares

सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका–६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो ।

त्यसैगरी गुल्मीको मुसीकोट नगरपालिका–२ देउरालीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीकै मालिका गाउँपालिका–२ का २२ वर्षीय दिपक परियार रहेका छन् ।

ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा गएराती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्