Logo
Logo

माओवादीमा पदाधिकारीसहित सबै समिति टुंगो लगाउन नेताहरुको माग


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाएर जानुपर्ने माग उठेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकमा नेताहरुले पदाधिकारीसहित सम्पूर्ण समिति टुंगो लगाउन नेतृत्वलाई दबाब दिएका हुन् ।

बैठकमा नेताहरु गठबन्धनको लाभ र नोक्सानी, समाजवादी केन्द्र निर्माण, आगामी संघ र प्रदेशको चुनावी रणनीतिसहित समसायमयिक विषयमा धारणा राखेका थिए ।

स्थायी समिति सदस्य गिरिराजमणिले आगामी प्रदेश र संघको चुनावमा कुन योजना र रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा नेताहरुले आ–आफ्नो धारणा राखेको बताए । नेताहरुको आफ्नो धारणा राख्न बिहीबार नभ्याएपछि भोलि शुक्रबार पुनः विहान ८ बजे बैठक बस्ने पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्