काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा एआइजीको बढुवामा विवाद भएपछि सरकारले दुई एआइजी राख्ने भएको छ । एक दरबन्दी थप्न गत सोमबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृती दिएको छ ।
विभागमा बैशाखदेखि एआइजीको दरबन्दी खाली छ । जसमा चार दिनका लागि गत साता कुलदिप थापालाई बढुवा गरिएको थियो । उनको अवकाशसँगै फेरि रिक्त भइसकेको छ । एआइजी बढुवाका लागि अस्वस्थ प्रतिस्पर्धा भएकै कारण निर्णय हुन नसकेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको समूह ओम जोशीलाई एआइजी बनाउन चाहन्छ । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुलदेव थापालाई बनाउनुपर्ने अडान राखेका छन् । जून विवादले बढुवा हुन नसकेको हो । अब एक दरबन्दी थपेर दुवै जनाको बढुवा गर्न लागिएको छ ।
अहिलेका प्रमुख यदुलाल खरेलले एक महिनापछि अवकाश पाउँदैछन् । त्यो अवस्थामा एआइजीमध्येबाट बढुवा हुनेछ । यसमा जोशी र थापाबीच प्रतिस्पर्धा हुँदैछ । तुलनात्मक रुपमा थापा व्यवसायिक अधिकृत भनेको गुप्तचर अधिकारीको मुल्याङकन छन् । अन्य डिआइजीहरु हरिहर पौडेल, टेकेन्द्र कार्की, सुनील ढकाल, सुमन बैद्य र मधु कार्की पनि बढुवाको लबिइङमा छन् ।