Logo
Logo

भदौ १ गतेदेखि सिसडोलमा फोहोर खन्याउन नदिने स्थानीयको चेतावनी


1.7k
Shares

काठमाडौं । बञ्चरेडाँडास्थित ल्यान्डफिलसाइट सिसडोलमा स्थानीयले फोहोर पाल्न नदिने बताएका छन् ।

बिहीबार काठमाडौंमा बन्चरेडाँडा प्रभावित क्षेत्र सरोकार समितिले पत्रकार सम्मेलन गरी आगामी भदौ १ गतेबाट सिसडोल र बञ्चरेडाँडामा काठमाडौंको फोहोर खन्याउन नदिने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनीहरुले मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति महानगरले कार्यान्वयन नगरेको बताए । समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको समेत आरोप लगाए ।

‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानववस्ति विकास क्षेत्रमध्ये अब सरकारले एउटा मात्रै छान्न सक्नेछ’ उनले भने, ‘सहमति कार्यान्वयन नभए साउन मसान्तदेखि फोहोर पाल्न दिन्नौँ ।’ उनले ३१ साउनसम्म आफूहरूको माग पूरा गर्न समय दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्