Logo
Logo

आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू


882
Shares

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।

दूतावासको अनुसार लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गर्ने छन् ।

‘उक्त कम्पनीले परम्परागत रूपमा सीमान्तकृत व्यक्तिहरू र शोषणबाट बचेकाहरूको सशक्तीकरण गर्दै नीतिपरक उत्पादनको प्रवर्द्धन गर्दछ,’ दूतावासले भनेको छ ।

यस्तै, सहायकमन्त्री लुले व्यापार, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग पनि भेटघाट गर्ने दूतावासले जनाएको छ । लु गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्