Logo
Logo

एक हजार रुपैयाँ चोरेको आरोपमा श्रीमतीको हत्या


6.8k
Shares

बुटवल । एक हजार रुपैयाँ चोरेको भन्दै रुपन्देहीमा एक व्यक्तिले कुटेर श्रीमतीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका १ डेलरका ३३ वर्षीय यमबहादुर थापा क्षेत्रीले श्रीमती ३१ वर्षीया सावित्री थापा क्षेत्रीको हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय सालझन्डीका अनुसार यमबहादुरले अघिल्लो दिन साँझ मादक पदार्थ सेवन गरेर आएपछि श्रीमती सावित्रीले पनि एक हजार रुपैयाँको रक्सी खाएर सुतेकी थिए ।

सावित्री भुइँमा सुतिरहेको बेला बिहान करिब २ बजे यमबहादुर उठेर पैसा गन्दा एक हजार कम भएपछि उनले श्रीमतीलाई उठाएर पैसा नसोधी लगेको भन्दै कुटपिट गरेका थिए ।

बिहीबार बिहान सावित्री मृत अवस्थामा भेटिएको भन्ने खबर पाएपछि गएको प्रहरी टोलीले उनक टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरू र कोठामा रगतका छिटाहरू भेटिएको र शरीरका विभिन्न भागमा निलडामहरूसमेत देखेपछि पति यमबहादुरलाई पक्राउ गरेको छ ।

यमबहादुरलाई ज्यानसम्बन्धी कसुरअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्