काठमाडौं । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु भएको छ ।
नेपाल संवत् अनुसार हरेक नवौं महिनामा यो पर्व मनाउने गरिन्छ । आजबाट १ महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार, बहाः बहीमा पुग्ने गर्छन् ।
स्वयम्भूमा बिहानैदेखि विभिन्न बाजा खलः बाट बाजा बनाउँदै स्तूप परिक्रमा गर्न पुग्नेको घुँइचो लागेको छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ ।