Logo
Logo

बाघको विचरण क्षेत्र विस्तार गर्न राष्ट्रपतिकाे आग्रह


252
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार गर्न आग्रह गरेकी छन् ।

बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्यामा वृद्धिलगायतका विषयमा सम्बद्ध पक्षले ध्यान पु–याउनुपर्ने उनको भनाइ छ ।

विश्व बाघ दिवसका अवसरमा शुभकामना दिँदै उनले बाघको संरक्षण र सङ्ख्या वृद्धि नेपालको पर्यटन प्रवद्र्धन एवं आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताइन् ।

संरक्षणका नवीनतम उपाय अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गरेकी छन् ।

आज संसारभर ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने सङ्कल्पका साथ विश्व बाघ दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्