Logo
Logo

एउटै सिरिन्जबाट ३० जनालाई खोप !


1.6k
Shares

एजेन्सी । मध्यप्रदेश राज्यको १ विद्यालयमा ३० विद्यार्थीलाई एउटै सिरिन्जबाट कोरोनाविरुद्धको खोप लगाइएको पाइएको छ ।

सागर जिल्लास्थित जैन पब्लिक स्कुलमा खोप अभियानका क्रममा सिरिन्ज अभाव भएपछि एकै सिरिन्जबाट खोप लगाइएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाविरुद्ध खोप लगाउने मुलुकमा भारत चीनपछि दोस्रो नम्बरमा आउँछ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ९८ प्रतिशत वयस्क भारतीय नागरिकले कोरोनाविरुद्धको कम्तिमा एक मात्रा खोप लिइसकेका र ९० प्रतिशतले प्राथमिक मात्रा लगाइसकेका छन् ।

सन् २०२१ को जनवरीमा खोप अभियान थाल्नु एक महिनाअघि नै मन्त्रालयले खोप लगाउने प्रोटोकल नै सार्वजनिक गरेको थियो । जसमा ‘एक पटकमा एक निडल, एक सिरिन्ज’ प्रयोगलाई अनिवार्य तोकिएको छ ।

तर, बालबालिकालाई खोप लगाउने क्रममै चरम लापरबाही गरिएको भन्दै अहिले व्यापक आलोचना भइरहेको छ । खोप लगाएका विद्यार्थीले घरमा सुनाएपछि अभिभावकहरूले जिल्लास्थित खोप अधिकारीसमक्ष उजुरी गरेका थिए ।

घटना बाहिरिएपछि राज्यको स्वास्थ्य विभागले स्वास्थ्यकर्मी राई र जिल्लास्थित खोप अधिकारी डा. राकेश रोसनविरुद्ध लापरबाहीसम्बन्धी मुद्दा दायर गर्दै छानबिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्