Logo
Logo

पोखराबाट काठमाडौं उडेको यती एयरको इन्जिन फेल


12.7k
Shares

यति एयर, फाइल तस्बिर ।

पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज एउटा इन्जिन फेल भएको छ ।

आज बिहान ८ः५५ बजे उडेको उक्त जहाजले धानवमार्ग छोड्नासाथै एउटा इन्जिन फेल भएको संकेत दिएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार उडेको ६ मिनेटमै जहाज पोखरा विमानस्थल फर्किएको थियो । नाइन एन एएनजी कलसाइनको जहाजमा जहाजमा ४५ यात्रु थिए ।

अरुको उडान, अवतरणभन्दा पहिला त्यही जहाजलाई प्राथमिकता दिएर अवतरण गराइएको सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्