Logo
Logo

गठबन्धन सरकार अनर्थकारी बाटोमा लाग्यो : एमाले


630
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नयाँ आर्थिक वर्षसँगै स्थानीय सरकारहरूले हजारौं कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको भन्दै विरोध गरेको छ ।

एमालेले शुक्रबार विज्ञप्ति जारी गर्दै बहालमा रहेका सबै कर्मचारीलाई नियमित रुपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रिया विपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भत्र्सना गर्छ ।’

साथै, ‘बहालमा रहेका सबै कर्मचारीहरूलाई नियमित रुपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न नेकपा (एमाले) सरकारसँग माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले स्थायी सरकारका रुपमा रहेको निजामती प्रशासन स्वच्छ, निष्पक्ष, जनउत्तरदायी र मर्यादित हुनुपर्ने पार्टीको मान्यता रहेको जानउँदै यही संयन्त्रलाई हतोत्साहित बनाउने कार्यमा सरकार लागिपरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्