Logo
Logo

इन्डोनेसियामा कोरोनाविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु


441
Shares

एजेन्सी । इन्डोनेसियामा शुक्रबारदेखि कोरोना भाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई चौथो मात्राको खोप लगाउन थालिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्यकर्मीहरूलाई लगाएपछि अरुलाई लगाउने गरी तयारी भइरहेको पनि उनीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा सुरुमा १९ लाख स्वास्थ्यकर्मीहरूलाई खोप लगाइने उल्लेख गरिएको छ ।

पछिल्लो समय इन्डोनेसियाका कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले चौथो मात्राको खोप लगाउनु परेको मन्त्रालयको भनाई छ ।

सङ्क्रमितहरूको बढेपछि स्वास्थ्यकर्मीहरू उच्च जोखिममा रहेकोले सुरुमा उनीहरूलाई खोप लगाइने भएको अधिकारीहरूले जनाएका छन् । बिहीबार सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो एक दिनमा इन्डोनेसियामा छ हजार ३५३ जना कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएका छन् भने अरु १७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्