Logo
Logo

असईद्वारा प्रहरी हिरासतमै बलात्कार प्रयास


27k
Shares


बाँके । बाँके जिल्लाको इलाका प्रहरी कार्यालय, कोहलपुरमा प्रहरीले नै महिला थुनुवामाथि बलात्कार प्रयास गरेका छन् ।
बहुविवाह गरेको अरोपामा थुनामा रहेकी युवतीलाई असइ प्रविण चौलागाइँले आफ्नो कोठामा बोलाएर यौन दुव्र्यवहार गरी बलात्कार प्रयास गरेका हुन् । असई चौलागाईले प्रहरीले थुनामा राखेको छ ।


बुधबार रातको २ बजे हिरासतबाट बाहिर बोलाएर आफ्नो कोठामा लगी यौन दुव्र्यवहार गरी शारिरीक सम्बन्ध राख्न दबाब दिएका थिए । पीडित युवतीको उजुरीपछि असई चौलागाई आफैं हिरासतमा परेका हुन् । असइ हिरासत व्यवस्थापन अधिकृतका रुपमा कार्यरत थिए । घटनाको विषयमा छानबिन भइरहेको डिएसपी मधुसुदन न्यौपानेले बताए ।
पछिल्लो समय बाँकेमा प्रहरी अनेक विवादमा परेका छन् । नेतृत्व नै पैसा असुलीमा व्यस्त भएपछि जिल्लामा यस्ता विकृती बढेका हुन् ।

प्रतिक्रिया दिनुहोस्