Logo
Logo

ओलीको धम्की- एमालेले जितेन भने देश बर्बाद हुन्छ


4.7k
Shares

झापा । आगामी निर्वाचनमा नेकपा एमाले नजिते देश बर्बाद हुने अध्यक्ष केपी शर्मा ओलीले धम्की दिएका छन् । गृहजिल्ला दौडमा रहेका ओलीले सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजिते देश झन् बर्बादीतर्फ धकेलिने बताएका हुन् ।

झापाको विर्तामोडमा शुक्रबार आयोजित बृहत् कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीसहित हरेक भातृ संघसंगठनहरुले टोल–टोलमा सङ्गठन, घर–घरमा सदस्यको नारा लिएर अघि बढ्नुपर्ने बेला आएको बताए ।

उनले भने, ‘२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको धेरै भोट खेर गयाे, बदर भयो । हाम्रो एउटा पनि भोट खेर जानु हुँदैन । यति धेरै भोट कसरी बदर हुन्छ ।’

उनले चुनावमा भोट कसरी हाल्नुपर्छ भनेर एमालेले मतदातालाई बुझाउनुपर्ने बताए । उनले भने, ‘अब मतदातालाई राजनीतिकदेखि व्यवहारिक प्रशिक्षण गर्नु जरुरी छ। मत वृद्धि र मत रक्षा दुवै गर्नुहोस्। अरूले भ्रममा पारेर भोट लुट्ने, खोस्ने र किन्ने गर्छन्, त्यसलाई रोक्नुहोस् ।’

उनले झापाको १५ पालिकामध्ये दमकको परिणामबारे देश विदेशले चासो देखाएको बताए । उनले जिल्लाको १५ वटा पालिका जित्न नसकेको बताउँदै थपे, ‘स्थानीय निर्वाचनको परिणाम जे भयो, भयो । अब हामीले हाम्रो कमीकमजोरीलाई आफैँले महसुस गरी अघि बढ्नुपर्छ ।’

बहुदल आएपछि २८ वर्षमध्ये २१ वर्ष सरकारको नेतृत्व कांग्रेसले गरेको उनको भनाइ छ । विगत स्मरण गराउँदै उनले भने, ‘संसद्मा मैले प्रधानमन्त्रीलाई एउटा प्रश्न गरेका थिएँ– कांग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा एउटा राम्रो काम गरेको बताइदिनुहोस् प्रधानमन्त्रीज्यु ? उहाँले जवाफ दिँदा मैले सुने तर त्यसबारेमा केही बोल्नु भएन।’

प्रतिक्रिया दिनुहोस्