Logo
Logo

४३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


378
Shares

काठमाडौं । नेपालमा थप ४३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै, २७७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ । सक्रिय संक्रमितमध्ये चार हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् ।

प्रतिक्रिया दिनुहोस्