Logo
Logo

ओलीको टिप्पणी- गठबन्धन देशको लागि अभिसाप


1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई नमान्ने चेतावनी दिएका छन् ।

शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताएका हुन् ।

ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाए । उनले भने, ‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?’ यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न, नेपाली जनताले अस्वीकार गर्नुपर्छ ।’

छानबिन समितिलाई सीसीटीभी फुटेज र कल डिटेल हेर्न नदिएको ओलीले बताए । उनले भने, ‘७ जना आफ्नो राखेर बहुमत र अल्पमतको फैसला । त्यो त त्यहीँ पार्लियामेन्टमा हुन्छ हुन्न भनेको भए भइहाल्थ्यो नि ।’

सरकारले गम्भीर गल्ती गर्दा पनि त्यसको प्रभावकारी छानबिन हुन नसकेको भन्दै उनले सरकारको आक्रोश व्यक्त गरे । उनले भने, ‘बजेट निर्माण गर्दा देश मारा काम भएको छ, ढुकुटी मारा काम र अनैतिक आपराधिक काम भएकै हो, ‘निष्पक्ष छानबिन गर्न सरकारले चाहेन ।’

उनले गठबन्धनको सरकार देशको लागि अभिसाप भएको समेत टिप्पणी गरे । उनले भने, ‘यसले राष्ट्रियता कमजोर पारिहरेको छ , लोकतन्त्रलाई कमजोर पार्छ । यो ढाटहरूको कर छलीहरूको गठबन्धन हो, हामीले आगामी निर्वाचनमा सानदार बहुमत ल्याएर सरकार बनाउनु पर्छ । यो देश बचाउनु छ ,जोगाउनु छ । ’

प्रतिक्रिया दिनुहोस्