Logo
Logo

भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


630
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ लप्टन डाँडामा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शिवघाटबाट लप्टन डाँडा जाँदै गरेको बाग्मति प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल गएराती पौने ११ बजे पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय अनिल महतोको उपचारको क्रममा चितवन मेडिकल कलेजमा करिब ११ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्