Logo
Logo

पार्टी सदस्यको विवरण अद्यावधिक राख्न आयोगको निर्देशन


756
Shares

काठमाडौं । निर्वाचन आयोगले पार्टी सदस्यको विवरण अद्यावधिक राख्न दलहरुलाई निर्देशन दिएको छ ।

आयोगले विज्ञप्ति निकालेर बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारी तथा संविधान र कानुनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य रहेको व्यक्ति दलको सदस्य रहेको भए कारबाही गर्न समेत निर्देशन दिएको छ ।

यस्तै सदस्यता वितरण गर्दा राजनीतिक दल सम्बन्धी ऐनको पूर्ण रुपले पालना गर्न र यसरी वितरण गरिएको सदस्यतासम्बन्धी विवरण निर्वाचन आयोगबाट माग गरिएको बेला उपलब्ध गराउन सक्ने गरी चुस्त राख्न पनि भनेको छ ।

राजनीतिक दल सम्बन्धीमा १८ वर्ष उमेर पूरा नभएको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय पाएको कोही पनि व्यक्ति दलको सदस्य हुन नहुने उल्लेख छ ।

कुनै पनि व्यक्ति दलको सदस्य हुन योग्य भए/नभएको यकीन गर्ने जिम्मेवारी स्वयम् दलहरुकै भएको पनि आयोगले स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्