Logo
Logo

वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई बर्खास्त गर्ने तयारी


4.9k
Shares

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने भएको छ । अदालतको बलमा पुनः काममा फर्केका अधिकारीलाई आज बस्ने मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने भएको हो ।

पदीय जिम्मेवारी पूरा गर्न नसकेको, नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पद अनुकूलको चारण प्रदर्शन गर्न नसकेको, गोपनियता भङ्ग गरेको र निगमलाई वित्तीय हानिनोक्सानी पुर्याएको ठहर गर्दै सरकारले कारवाही गर्ने तयारी गरेको हो ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीमाथि लागेको आरोपहरु छानविन गर्न गठन गरेको ‘जाँचबुझ समिति’को सिफारिसका आधारमा सरकारले अधिकारीलाई नेपाल वायुसेवा निगम एने, २०१९ को दफा ४ को उपदफा ३ र ४ बमोजिम बर्खास्त गर्न लागेको भएपनि आज निर्णय हुन सकेन ।

समितिले साउन ८ गते मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै पदीय जिम्मेवारी पूरा गर्न नसकेको, नेतृत्व क्षमता, व्यवस्थापकीय सीप र पद अनुकूलको चारण प्रदर्शन गर्न नसकेको, गोपनियता भङ्ग गरेको र निगमलाई वित्तीय हानिनोक्सानी पुर्याएको ठहर गर्दै अधिकारीलाई बर्खास्त गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो ।

समितिले प्रतिवेदनमार्फत पर्यटन मन्त्रालयलाई तीन दिन भित्र अधिकारीलाई सफाइ पेस गर्न सूचित गर्न भनेको थियो । सोही अनुसार पर्यटनले कार्यकारी अध्यक्ष अधिकारीलाई सफाइ पेस गर्न सुचित गरेको थियो । तर, अधिकारीले पेस गरेको सफाइ चित्तबुझ्दो नरहेको भन्दै सरकार बर्खास्त गर्ने निर्णयमा पुगेको हो ।

सरकाले यसअघि अधिकारीलाई कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गर्दै जाँचबुझ समिति गठन गरेको थियो । सरकारको निर्णयविरुद्ध अधिकारी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले अधिकारीलाई काममा फर्कन अन्तरकालीन आदेश दिएको थियो । त्यसपछि उनी काममा र्फेकका हुन् ।

अधिकारीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको सरकारले जाँचबुझ समिति गठन गरेको थियो । अधिकारीलाई काममा फर्कन आदेश दिएको सर्वोच्चले बाँचबुझ समितिलाई भने काम अघि बढाउन भनेको थियो । समितिले अधिकारीबारे विभिन्न १० विषयमा छानविन गरेको थियो ।

अधिकारीमाथि भएका छानविनका विषयहरु–
१. नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवजराज अधिकारीले कानुनी आधार र औचित्य बिना ट्वीनेटर जिमान भाडामा दिएको ।
२. निगमको जहाज साउदी अरब सञ्चालन गर्ने प्रयोजनको लागि भ्रमण कार्यमा बिना निर्णय जम्बो टोली सहभागी गराई निगमलाई ठूलो वित्तीय हानी नोक्सानी पुर्याएको ।
३. सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सिधै टिकट बिक्री गर्ने कार्य गरेको र यस कार्यमा कार्यकारी आफै संलग्न भइ व्यक्तिगत फाइदा लिएको देखिएको ।
४. निगमका पदाधिकारी र कर्मचारीहरुलाई अनुशासनमा राख्न नसकेको ।
५. सञ्चालक समितिको बैठकमा सबै पदाधिकारीहरुलाई समेटी बैठक सञ्चालन गर्न नसकेको ।
६. निगमको प्रभावकारीताको लागि रणनीतिक योजना बनाइ कार्यान्वयन गर्न नसकेको ।
७. निगमको व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन नसकेको ।
८. सार्वजनिक पद धारणा गरेको पदाधिकारीमा हुनुपर्ने नैतिक चरित्र नदेखिएको, पद अनुसारको आचारण प्रदर्शन गर्न नसकेको ।
९. पदीय कर्तव्य पूरा गर्न नसकेको, कार्य क्षमताको अभाव देखिएको ।
१०. कार्यकारी अध्यक्षको यस्तो क्रियाकलापबाट राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको अन्तर्राष्ट्रिय ख्यातिमा आँच पुगेको ।

प्रतिक्रिया दिनुहोस्