Logo
Logo

पहिरोले मध्यपहाडी लोकमार्गको दिक्तेल सडक अवरुद्ध


441
Shares

काठमाडौं । लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

सोमबार बिहान हलेसी तुवाचुङ–७ तुवाचुङमा पहिरो खस्दा दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो । दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टा जाने सवारीसाधन बाटैमा रोकिएका छन् ।

सवारीसाधन रोकिँदा यात्रु बीचबाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । पहिरोले हुर्लुङ–जालपा, साप्सु–पानधारे लगायतका कच्ची सडक यसअघि नै बन्द भएका छन् ।

वर्षा सुरु भएसँगै आएको भलबाढी तथा पहिराका कारण जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट अन्तरपालिका जोड्ने सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्