Logo
Logo

देशभरका शिवालयमा भक्तजनको भीड


441
Shares

काठमाडाैं । पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साउनको तेस्रो सोमबार बिहान ३ देखि नै पशुपतिनाथ ४ ढोका भक्तजनका लागि खुला गरिएको थियो । दुई हप्तामाभन्दा आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोल बम यात्रीको भीड लागेको थियो ।

बोल बम यात्रीको पशुपति क्षेत्रमा भीड लागेपछि लाईन गुह्येश्वरी मन्दिरसम्म पुगेको थियो । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छु्याइएको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेषगरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ ।

साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजाआराधना गर्ने गर्छन् । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्