Logo
Logo

शंकाको घेरामा एनजीओ


50.5k
Shares

रौतहट । नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवको घरमा कार्यालय रहेको एक एनजीओमाथि छानबिन गर्नुपर्ने माग हुन थालेको छ । साउदी अरबको सहयोग रहेको माण्डवी नामक एनजीओले दिने तालिमका बारेमा आशंका प्रकट हुन थालेको हो ।

उक्त एनजीओकी संचालक अन्जु झा हुन् । उनले माण्डवीमा प्राप्त हुने फण्डबाट मुस्लिमहरुलाई तालिम दिने गरेको र त्यो तालिम केका लागि दिने गरिएको हो भन्ने बिषयलाई लिएर आशंका प्रकट हुँदैआएको छ ।

साउदी अरबको फन्डिङ माण्डवीमा हुनु र मुस्लिमलाई मात्र तालिममा राखिनु, सीमा क्षेत्र नजिकमा हुनाले पनि कांग्रेसभित्रै यो एनजीओका बारेमा प्रश्नहरु उठेका छन् । अन्जु झाले प्रदेश सभापति कृष्ण यादवकै घरमा महंगो भाडा तिरेर कार्यालय राख्नुको कारण उनी गृहमन्त्री बालकृष्ण खाँणसँग निकट भएकाले हो भन्ने आरोप पनि छ ।

झाले पनि खाँण गृहमन्त्री भएकाले त्यसको तुजुक देखाउने गरेकी छन् । झाले गतबर्ष रौतहटका सक्रिय संचारकर्मी मो. मोजिबुलाको सवारी साधनमा प्रतिबन्धित लागूऔषध राख्न लगाई काण्ड मच्चाएपछि तत्कालीन रौतहटका एसपी सिद्धिबिक्रम शाहको सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्