Logo
Logo

धनकुटाकाे टोलीले भेट्यो कृषि र पर्यटनमन्त्री, कृषि र पर्यटनमा बजेट माग


819
Shares

धनकुटा । धनकुटाको कृषि र पर्यटन प्रवद्र्धन गर्न नेपाली कांग्रेस धनकुटाको टोलीले कृषिमन्त्री मृगेन्द्रकुमार यादव र पर्यटनमन्त्री जिवनराम श्रेष्ठलाई भेटेको छ ।

कृषिमन्त्री यादवसँग धनकुटाको सबै पालिकामा शित भण्डारस्थापना र धनकुटालाई विशेष तरकारी तथा फलफुल क्षेत्र घोषणा गरी बजेट बिनियोजन गर्न माग गरेको कांग्रेस धनकुटाका सचिव जयन्द्र घिसिङ्गले बताए । बेलहारा डाँडामा विमानस्थल निर्माणका लागि बजेट विनियोजन गर्न पर्यटनमन्त्री श्रेष्ठसँग माग गरेको उनले बताए ।

पाख्रिबास–४ को सिमसार पर्यटकिय क्षेत्र, ९ को उत्तरपानी गुम्बा, धनकुटा–१ हिलेको गम्बा, ५ को मार्गथान, ९ को विश्रान्ती मन्दिर, ७ को चुलिबन पार्क र सहिदभूमीस्थित छिन्ताङ्ग देवी मन्दिर मर्मतका लागि बजेट माग गरिएको अर्का जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

महालक्ष्मी, धनकुटा र पाख्रिबास नगरपालिका तथा चौविसे, सहिदभूमी, छथरजोरपाटी र साँगुरीगढी गाउपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न पनि टोलीले पर्यटनमन्त्रीसँग माग गरेको छ । जवाफमा मन्त्री श्रेष्ठले धनकुटावासीको माग पुरा गर्न सरकार तयार रहेको बताएका छन् ।

पार्टीका नेतासँग पनि भेट

टोलीले पार्टीका केन्द्रिय यूवा नेतालाई भेटेको छ । संगठन सुदृढीकरण, धनकुटाको विकास र समृद्धीका विषयमा उपसभापति धनराज गुरुङ्ग, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्गदेम्वे र पूर्वमन्त्री तथा केन्द्रिय सदस्य सुनिलवहादुर थापासँग भेटेर छलफल गरेको हो ।

सो क्रममा धनकुटाको विकासका लागि केन्द्रले सहयोग गर्नुपर्ने माग राखेको सचिव राईले बताए । आगामी निर्वाचनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको थियो ।

पूर्वमन्त्री तथा कांग्रेस केन्द्रय सदस्य सुनिलबहादुर थापा, पूर्वआमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापति दिनेश राई, कांग्रेसबाट निर्वाचित पालिका प्रमुखलगायत नेता टोलीमा छन् ।

प्रतिक्रिया दिनुहोस्