Logo
Logo

सरकारमा सहभागि हुँदै लोसपा


6.1k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जाने भएको छ ।

संसदबाट नागरिकता ऐन पारित भएपछि लोसपा सरकारमा जान सकारात्मक भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले यसको तयारी थालेको लोसपा अध्यक्ष महन्थ ठाकुर निकट नेताले बताए ।

उनका अनुसार सरकारमा सहभागी हुन सैद्धान्तिक सहमति बनेको छ । लोसपाले सरकारमा जानका लागि नागरिकता विधेयक पारित, कार्यकर्तालाई लगाइएको झुटा मुद्धा फिर्ता लगायत सर्त राखेको थियो ।

लोसपाले कम्तीमा २ मन्त्रालय मागेको छ ।

प्रतिक्रिया दिनुहोस्