Logo
Logo

पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ


20.2k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ६ लाख घुससहित पक्राउ गरेको हो।

स्रोतका अनुसार उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए । सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा केही बेर अगाडि अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्