Logo
Logo

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ


2.5k
Shares

काठमाडौं । ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा-३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ वर्षीया माया बस्नेत थापा रहेका छन् । उनी, बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ गरेका हुन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको बङ्गलामुखीबाट सोमबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्