Logo
Logo

‘नेता र कर्मचारीको पैसा कहाँ लुकाउने भन्ने चिन्ताले मुलुक बिग्रियो’


1.3k
Shares

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे तीन दिने गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुने गरेको बताए ।

उनले भने, ‘नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति आर्जन गरेर पैसा कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’

सबैको सकारात्मक प्रतिबद्धताले मात्र देश निर्माण हुन सक्ने बताउँदै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मन्त्रालयले कार्य प्रगति र कार्यक्रम कार्यान्वयनमा थप फड्को मार्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्