Logo
Logo

संकटमा मधेसका मुख्यमन्त्री- ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष


4.2k
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रममा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ ।

‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रम अन्र्तगत छात्रालाई साइकल वितरण गरिँदै आएको थियो । महालेखा परीक्षकको कार्यालयले साइकल खरिदमा अनियमितता भएको आशंका गरेपछि अख्तियारले २०७८ असोज १३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेर कागजात जफत गरेको थियो ।

मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कार्यान्वयन गर्ने गरी सञ्चालन गरिएको उक्त कार्यक्रम अन्र्तगत साइकल खरिदका क्रममा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष रहेको छ । भष्टाचार भएको निष्कर्षमा पुगेको अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको बुझिएको छ ।

अख्तियारको निष्कर्ष अनुसार मुद्दा दायर भएको खण्डमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत संकटमा पर्ने देखिन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कार्यान्वयन गरेको कार्यक्रम रहेकाले यो विषय सिधै मुख्यमन्त्री जोडिन्छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियारले छापा मारे लगत्तै मधेस प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीको राजीनामा मागेका थिए । तर, मुख्यमन्त्री राउतले यस विषयमा केही बोलेका थिएनन् । यदि, अख्तियारले मुद्दा दर्ता गराएको खण्डमा मुख्यमन्त्री राउतलाई पुनः दबाब बढ्ने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्