वासिंगटन । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान–३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ । वाल स्ट्रिट जर्नलले बिहीबार यस किसिमको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारीबाट बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
अमेरिकी अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रणालीको विश्वसनीयताको मूल्याङ्कन गर्ने उद्देश्यले वर्षमा थुप्रै पटक गरिने यो परीक्षण शुरुमा क्यालिफोर्नियाको भान्डेनबर्ग एयर फोर्स बेसमा यस हप्ता हुने बताइएको थियो तर यसमा ढिलाइ भइरहेको छ ।