एजेन्सी । मंकीपक्सका सङ्क्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।
यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले बिहीबार सो घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले १ हप्ताअघि नै मंकीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरिसकेको छ । अमेरिकामा बिहीबारसम्म ६ हजार ६ सय जनामा यो सङ्क्रमण देखिएको थियो ।
विश्वका कैयौँ देशमा मंकीपक्स देखिएको छ । विश्वमा हाल २५ हजार ८ सय जनामा यो सङ्क्रमण पाइएको बताइएको छ । अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमित पाइएका छन् ।