Logo
Logo

रूसले यूक्रेनमा गरेको आक्रमणविरूद्ध जनमत जुटाउन ब्लिन्केन अफ्रिका भ्रमणमा


504
Shares

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार दक्षिण अफ्रिका पुगेका छन् । वासिङ्टनले यूक्रेन युद्धविरूद्ध अफ्रिकामा समर्थन जुटाउन विदेशमन्त्री ब्लिङ्केनलाई दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रूवाण्डा गरी तीन अफ्रिकी मुलुकको भ्रमणमा पठाएको हो ।

गत महिनाको अन्ततिर रूसी विदेश मन्त्री सर्गेई लाभरोभले अफ्रिकाको विस्तृत भ्रमण गरेका थिए । रूसी विदेशमन्त्रीको अफ्रिका भ्रमणको केही हप्तापछि हुन लागेको ब्लिङ्केनको भ्रमणलाई यूक्रेन युद्धमा पश्चिमी गठबन्धनमा बल पु¥याउने कुटनीतिक पहलका रूपमा हेरिएको छ ।

विकासशील मुलुकको अग्रणी दक्षिण अफ्रिका यूक्रेन युद्धमा तटस्थ रहँदै आएको छ । सन् १९९४ मा स्वेत अल्पसङ्ख्यक शासनको अन्त्य हुनुअघि मस्कोको निन्दा गर्ने पश्चिमी आह्वानमा सामेल हुन अस्वीकार गरेका थिए ।

ब्लिन्केनले सोमबार दक्षिण अफ्रिकी समकक्ष नालेडी पान्डरसँग वार्ता गर्नेछन र अमेरिकी सरकारको नयाँ अफ्रिका रणनीतिबारे नीतिगत घोषणा पनि गर्नेछन् दक्षिण अफ्रिकी सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यी दुई नेताले विश्वव्यापी भौगोलिक परिवेशमा नवीनतम घटनाहरूबारे छलफल गर्ने विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी विदेश मन्त्रालयले गत महिना अफ्रिकी देशहरूलाई वर्तमान् समयको सबैभन्दा दबाबपूर्ण विषयहरूमा भू–रणनीतिक एवं महत्वपूर्ण साझेदारका रूपमा लिएको बताएको थियो । खुला र स्थिर अन्तरराष्ट्रिय प्रणालीको प्रवर्धनदेखि जलवायु परिवर्तन, खाद्य असुरक्षा र विश्वव्यापी महामारीको प्रभावको सामना गर्न अफ्रिकाको पनि भूमिका महत्वपूर्ण रहने अमेरिकी बुझाइ रहेको छ ।

यस महादेशभन्दा बाहिरको ठूलो कूटनीतिक प्रभाव रहेको अफ्रिकी महाशक्ति दक्षिण अफ्रिका उन्नत अर्थव्यवस्थाहरूको समूह ( ब्रिक्स) को सदस्य पनि रहेको छ ।

जून महिनामा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स देशहरूलाई पश्चिमबाट ‘स्वार्थी कार्यहरू’को सामना गर्न सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्