Logo
Logo

‘निर्वाचनमा जनसंख्याका आधारमा उम्मेदवार उठाऔं’


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनसंख्याका आधारमा उम्मेदवार चयन गर्न माग गरेकी छन् ।

प्रतिनिधि सभा बैठकमा मंगलबार यस सम्बन्धी जरुरी सार्जजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले महिला प्रतिनिधित्व बढाउन माग गरेकी हुन् । स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था अनिवार्य गर्न पनि उनले माग गरिन् ।

यी दुवै माग सम्बोधन गर्न प्रचलित निर्वाचन सम्बन्धी कानुन संशोधन गर्नुपर्ने उनले बताइन् । प्रत्यक्षमा पुरुष मात्रै र समानुपातिकमा महिला मात्रै जस्तो हुन गएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्