Logo
Logo

कोभिड-१९ विरुद्ध चमकदार विजयी हासिल गरेको किमको घोषणा


1.1k
Shares

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ विरूद्धको युद्धमाथि विजयी हासिल गरेको घोषणा गरेका छन् । दुई सातासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि उनले बुधबार यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्यकर्मी र वैज्ञानिकसँगको बैठकको अध्यक्षता गर्दै किमले विश्वव्यापी महामारीका रूपमा फैलिएको घातक रोगविरुद्धको युद्धमा विजयी प्राप्त गरेको घोषणा गरे । भाइरसमाथि आफूहरूले चमकदार विजयी हासिल गरेको उनको भनाइ छ ।

महामारीको सुरुवातदेखि नै कडा नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो । यो सँगै उत्तर कोरियामा लगाएका सबै प्रतिबन्ध हटेका छन् ।

पछिल्लो समय ओमिक्रोन भाइरस देखिएपछि उत्तर कोरियालले अधिकतम आपतकालीन महामारी रोकथाम प्रणाली सक्रिय पारेको थियो । यसैबीच किम आफैं ज्वरोले ग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएा थिए । उनकी बहिनीका अनुसार किमलाई कोरोना प्रकोपको समयमा ज्वरोले ग्रस्त पारेर गम्भीर बिरामी बनाएको थियो ।

जतिखेर किमले उत्तरमा प्रकोप भित्रनुमा दक्षिण कोरियाको हात रहेको आरोप लगाएका थिए । उत्तर कोरियामा हालसम्म कोरोना भाइरसबाट ७४ जनाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्