Logo
Logo

‘द फ्लीक मोडल्स’को उपाधि सीमा र दिपेन्द्रलाई


693
Shares

काठमाडौं । फोकस फेसनले काठमाडौंमा आयोजना गरेको पहिलो संस्करणको ‘द फ्लीक मोडल्स’ नामक मोडलिङ प्रतियोगितामा गायक तथा मोडल दिपेन्द्र सोनाम र व्युटिसियन तथा मेकअप आर्टिष्ट सीमा श्रेष्ठले प्रमुख उपाधि जितेका छन् । उनीहरुले उपाधिसहित ५० हजार रुपियाँ नगद प्राप्त गरेका छन् ।

सिन्धुपालचोकका दिपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन् । ७ गीत गाइसकेका उनले तीन दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।

त्यस्तै महिलातर्पmकी विजेता सीमाले यसअघि पनि सौन्दर्य प्रतियोगितामा अनुभव बटुलीसकेकी छन् । गोरखाकी सीमाले यसअघि व्युटिसियन ट्यालेन्ट नेपाल २०१९ मा बेस्ट ड्रेस अवार्डको उपाधि जितेकी थिइन् ।

राजधानीमा युनिसेक्स सलुन सञ्चालन गर्दै आएकी उनले द फ्लीक मोडल्स प्रतियोगतामा प्रमूख उपाधिका साथ वेष्ट ड्रेस, फोटोजेनिक, लिडरसिप र बेस्ट टाक्सको उपउपाधि हात पारेकी छन् ।

प्रतियोगितामा सागर बस्नेत र अंकी सेती फस्ट तथा वेदान्त रञ्जित र सीमा गुरुङ सेकेण्ड रनर्सअप भएका छन् ।

त्यसैगरी वेदान्त रञ्जित र अंकी सेती मिस्टर र मिस ट्यालेन्ट, केविन श्रेष्ठ र सीमा गुरुङ मिस्टर र मिस क्याटवक, जेम्स दुनदास र अमिषा सुवेदी मिस्टर र मिस एटीट्युड, शरद करेन र स्वती यादव मिस्टर र मिस कन्फिडेन्ट, सविना बस्नेता मिस परफेक्ट फिगर, बार्बी योञ्जन मिस बब्ली, निशा गजुरेल मिस वेस्ट स्माइल, सागर बस्नेत र सुष्मिता बराल मिस्टर र मिस पंचुआलीटी, रत्नकुमारी महर्जन मिस डिसीप्लेन, प्रदीप राई र शान्ती शाही ठकुरी मिस्टर र मिस लोयल तथा प्रतिमा पाण्डे मिस व्युटिफुल आईजको टाइटल विजेता भए ।

रमीता भण्डारीले चर्या नृत्य प्रस्तुत गरेर मनोरञ्जक तुल्याएको प्रतियोगितामा फोटोग्राफर राजभाई सुवाल, मोडल दीपक घिमिरे, मेकअप आर्टिस्ट सिर्जना श्रेष्ठ र इभेन्ट अर्गनाइजर विशाल गुरुङ निर्णायक रहेका थिए । ऋता कट्टेलद्वारा सञ्चालित प्रतियोगिता जयन सुब्बा मानन्धरको कोरियोग्राफी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्