Logo
Logo

नेपालबाट निर्यात भयो १ अर्ब ८३ करोडको पास्ता


7.4k
Shares

काठमाडौं। आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट १ अर्ब ८३ करोड १७ लाख रुपैयाँ बराबरको पास्ता निर्यात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा उक्त मूल्यको पास्ता निर्यात भएको हो । उक्त अवधिमा सो मूल्य बराबरको ९६ लाख किलो पास्ता निर्यात भएको विभागले जनाएको छ ।

उक्त अवधिमा भारतमा १ अर्ब ३४ करोड ८६ लाख रुपैयाँको पास्ता निर्यात भएको छ । यसैगरी,अस्ट्रेलिया, अमेरिका हङकङ, डेनमार्क, इटाली, जापान, बेलायत लगायतका मुलुकमा पनि पास्ता निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्