Logo
Logo

सान्जेन जलविद्युत कार्यालयमा तोडफोड


3.2k
Shares

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी रसुवाको कार्यालयमा तोडफोड भएको छ ।

थम्बुचेतस्थित साइट कार्यालयमा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफेाड र आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका करिब ७०-८० जना स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् ।

रसुवाले पाउने १० प्रतिशत सयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपात गरेका छन् । कार्यालयको गाडीमा ढुंगाले हानेर क्षति पुर्‍याइएको छ ।

प्रहरीका अनुसार उनीहरुले कार्यकक्षभित्रै पसेर ‘वर्किङ चेम्बर’ भत्काइदिएका छन् । आन्दोलनकारीले कार्यालयका कुर्सी जलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्