Logo
Logo

रामेछापमा करेन्ट लागेर १ जनाको मृत्यु


441
Shares

काठमाडौं । रामेछापको मन्थली–७ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

जंगलमा गाईवस्तु चराउन गएका ५५ वर्षीय बिजुली माझीको मृत्यु भएको रामेछाप प्रहरीका इन्स्पेक्टर राजुप्रसाद ढकालले जानकारी दिए ।

पोलबाट भुईमा लत्रिएको टु फेज बिजुलिको तारमा माझिले छोएपछि करेन्ट लागेको थियो । प्राधिकरणको लापरबाहीले माझीको मृत्यु भएको भन्दै पीडित पक्षले क्षतिपूर्तिको माग राखी सव उठाउन अवरोध गरेका थिए ।

विद्युत् प्राधिकरणले कानुन बमोजिम २५ हजार किरिया खर्च र ५ लाख क्षतिपूर्ति दिने सहमति गरेपछि शव पोष्टमार्टम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्