Logo
Logo

माओवादी स्थायी कमिटी बैठक जारी


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजेपछि बैठक सुरु भएको हो । बैठकमा एजेन्डा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्य र मोर्चाबन्दीबारे छलफल भइरहेको छ ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन लक्षित कार्यक्रम र नेताको कार्यविभाजनबारे पनि बैठकमा छलफल हुने नेताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्