Logo
Logo

प्रचण्ड र बाबुरामद्वारा संयुक्त दल दर्ता


5.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त दल दर्ता गरेका छन् ।

आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनको लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ता गरेका हुन् ।

दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो । मंगलवार बिहान माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हमा चुनावमा प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको थियो ।

आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबार (आज)सम्म दल दर्ता गर्ने समय दिएको थियो ।

आयोगले साउन २२ देखि दल दर्ता सुरु गरेको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् । मंगलबार नै नेपाली कांग्रेस पनि दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछ ।

प्रतिक्रिया दिनुहोस्