Logo
Logo

‘बाबुराम र प्रचण्ड एकै ठाउँमा उभिएपछि कसैले रोक्न सक्दैन’


2.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले अब आफू र डा. बाबुराम भट्टराईलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईसँगको छलफलपछि पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू र बाबुराम एक ठाउँमा उभिएकाले अब कसैले रोक्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब । अब कसैले रोकेर रोकिँदैन ।’
आजै पार्टी एकता नभएको बताउँदै आगामी निर्वाचनपछि एउटै केन्द्र बनाउले सहमति भएको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘अहिले निर्वाचन चिन्ह, घोषणापत्र, उम्मेदवार साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ ।’

उनले बाबुरामसँग मिल्दा देश र जनताले केही न केही राहत पाउने पनि बताए । उनले भने, ‘तीता मिठा अनुभव भएको हुनाले देशले पनि अलि दुःख पायो । हामी मिल्दा देश र जनताले केही न केही राहत पाउने स्थिति बनाउन सकिन्छ ।’

प्रचण्डले अहिले वामपन्थी र कम्युनिस्ट आन्दोलनमा बाबुराम र आफू सँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्त्व रहेको उनको दाबी छ ।

उनले चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने बताए । ‘एकता चुनावअघि सम्भव छैन । तर चुनावपछि चाहिँ नेकपा वा त्यसको पछाडि समाजवादी वा अरु केही हुनसक्छ’, प्रचण्डले भने ।

मंगलबार मात्रै माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै निर्वाचन चिन्हमा प्रतिस्पर्धा गर्ने भनेर निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसपछि पेरिसडाँडामा भेट भएको हो।

प्रतिक्रिया दिनुहोस्