Logo
Logo

मुस्लिम समुदाय भर्याङ मात्र बन्नुभएन : मन्त्री चौधरी


693
Shares

कृष्णनगर । सहरी विकासमन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्याङ मात्र नबन्न आग्रह गरेका छन् ।

जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान छ । तर सधैँ किन भर्याङ मात्र बन्ने ?’
सिमान्तकृत समुदायले अब नेतृत्व दावी गर्नुपर्ने बेला आएको बताउँदै सहरी विकास मन्त्रीले थपे, ‘उम्मेदवारी दिनुहोस् । नेतृत्व दावी गर्नुहोस् ।’ कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलाना र माध्यामिक तहसम्मका विद्यालयलाई दिँदै आएको रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको सुनाए ।

उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि सहरी मन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए । मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरिक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहल समेत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्