मस्को । रुसको रोस्तोमा मंगलबार आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् ।
जंगलमा लागेको आगो गाउँतर्फ पसेपछि घरहरू जलेका हुन् । मान्छे बस्दै आएका घर जले पनि मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीको भनाइ छ ।
उस्त डोनेत्स्क नामक जंगलमा सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।आगलागीका कारण कैयौँ व्यक्ति विस्थापित पनि भएका छन् ।
उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ । अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले बताएका छन् ।
आगलागी नियन्त्रणका लागि २ अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, ३ सय अग्नि नियन्त्रक परिचालन गरिएको छ ।