Logo
Logo

सहकारी संस्थाहरुलाई घरजग्गामा लगानी नगर्न निर्देशन


3.6k
Shares

काठमाडौं । सहकारी संस्थाहरुलाई घरजग्गामा लगानी नगर्न सहकारी विभागले निर्देशन दिएको छ ।

पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या देखिएपछि विभागले यस्तो निर्देशन दिएको हो । विभागले मंगलबार निर्देशन जारी गर्दै स्थिर सम्पत्ति (घरजग्गा)मा सकेसम्म लगानी नगर्न भनेको हो । साथै, कर्जा लगानी गर्दा तत्काल प्रतिफल दिने ससाना व्यवसाय र स्थिर सम्पत्तिमा सकेसम्म लगानी नगर्न विभागले निर्देशन दिएको हो ।

यस्तै विभागले ऋण असुलीलाई प्राथमिकताका साथ कार्ययोजना नै बनाएर अघि बढ्न सुझाव दिएको छ । विभागको निर्देशनमा सहकारीका सञ्चालकको सुविधा कटौती गर्न, नाफामा नआएसम्म लाभांश वितरण नगर्न भनेको छ ।

सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन पनि विभागले निर्देशन दिँदै बचतकर्ता सदस्यहरुसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रीम तालिका बनाएर नियमित भुक्तानी गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्